Section 10
अनुमतिपत्र तथा व्यक्तिगत इजाजतपत्रको खारेजी तथा निलम्बन
(१) स्वास्थ्य संस्था तथा व्यक्तिगत इजाजतपत्र प्राप्त चिकित्सकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत काम गरेमा वा दफा २९ बमोजिम समितिले दिएका आदेश तथा निर्देशनको पालना नगरेमा समितिले त्यस्तो स्वास्थ्य संस्थाको अनुमतिपत्र तथा चिकित्सकको व्यक्तिगत इजाजतपत्र छ महीनासम्मको लागि निलम्बन वा खारेज गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्र वा व्यक्तिगत इजाजतपत्र निलम्बन वा खारेज गर्नु अगावै समितिले सम्बन्धित स्वास्थ्य संस्था वा चिकित्सकलाई आफनो सफाई
पेश गर्ने मुनासिब माफिकको मौका दिनु पर्नेछ ।